-
-
-
Sikhsangat Bhawan, 7441 Oil Mill Gali, Ramnagar (Pahadganj), New Delhi, PIN - 110055
Sikhsangat Bhawan, 7441 Oil Mill Gali, Ramnagar (Pahadganj), New Delhi, PIN - 110055
Dec 13, 2024
उत्तर प्रदेशको पवित्र श्री अयोध्या धाम तीर्थ क्षेत्रमा आज देखि तीन दिने अन्तर्राष्ट्रिय नेपाली-गोरखा सम्मेलन आरम्भ भएकोछ।
अयोध्याको भक्तमाल आश्रममा आयोजित यस सम्मेलनमा भारतका 18 राज्यहरू र नेपालका सात प्रदेशहरूबाट 700 भन्दा बढी प्रतिनिधिहरूले भाग ली रहेका छन्। प्रतिनिधिहरूमा झण्डै 50% महिलाहरूको सहभागिता रहेकोछ। नेपाली समाजका प्रायःसबै उपजाति जस्तै राई सुब्बा तामंग गुरूङ मगर प्रधान सार्की कामी दमाई जोगी सन्यासी, लोहार, सुनुवार, मगर, ब्राह्मण, छेत्री, बौद्ध समुदायका शेर्पा, तमू, लेप्चा, भोटीया आदिको बाक्लो उपस्थिति रहेकोछ।प्रतिनिधिहरूले आज बिहान अयोध्या धाम परिक्रमा गर्दै शोभायात्राका साथ भव्य श्रीराम मन्दिरको दर्शन पूजन गरे। अतरान्ह अढाई बजे देखि मंगलाचरण, दीपप्रज्वलनका साथ सम्मेलनको उद्घाटन गरियो। उद्घाटनको अवसरमा बंग्लादेशमा अल्पसंख्यक हिन्दु बौद्ध ईसाईहरूमाथि भई रहेको हमला बिरूद्ध कडा निन्दा प्रस्ताव पारित गरियो। प्रस्तवमा बंग्लादेश सरकारसित अल्पसंख्यकहरू माथि जेहादी मुस्लिमहरूले गरी रहेको हमला हत्या पूजा स्थल तोडफोड आगजनी लुटपाट तत्काल बन्द हुनु पर्ने तथा हमलाकारीहरू बिरूद्ध कडा करवाही गर्ने माग गरिएकोछ। प्रस्तावमा भारत सरकारसित बंग्लादेशमा रहेका अल्पसंख्यकहरूको ज्यानमाल मठ मन्दिरहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने विशेष अनुरोध गरिएकोछ। परिषदका मुख्य संरक्षक इन्द्रेश कुमार, बडाभक्तमालका महन्त अवधेशा कुमार महाराज, परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोकचौरसिया आदिले सम्मेलनको उद्घाटन गरे। सम्मेलन 15 दिसम्बरको दिन दिउँसो सम्पन्न हुनेछ। सम्मेलनमा पश्चिम बंगालको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन इलाका,
Event Time Table
11 AM
Dec 13, 2024
अयोध्या धाम
Event/Activity